काठमाडौँ, १२ बैशाख । साताको दोस्रो दिन आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३ सयले घटेर प्रतितोला १ लाख २ सयमा कारोबार भैरहेको छ ।
यसअघि आइतबार सुन तोलाको १ लाख ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रहेको छ ।
महासंघका अनुसार आज चाँदीमा तोलाको १० रुपैयाँले घटेर प्रतितोला १३५० मा कारोबार भएको छ ।




