काठमाडौँ, ११ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छलेर ल्याएको सुन र मोबाइलसहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा घर भएका सुमनकुमार कापर, रोल्पा घर भएका खिमराज डाँगी, दाङ घर भएका प्रताप चौधरी र स्याङ्जाका सुरज हमाल छन् ।
दुबईबाट हिमालय एयरलाइन्सको उडानमा काठमाडौं आएका कापरको साथबाट ५० ग्राम तौल भएको सुनको बिस्कुट बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । सोही उडानबाट आएका डाँडी र चौधरीको साथबाट जनही २५ ग्राम सुन र दुई–दुईथान आइफोन बरामद गरिएको छ ।




