काठमाडौँ, ११ बैशाख । नेकपा एमालेले हिमाली जिल्ला मनाङको ३ वटा गाउँपालिकामा उम्मेदवार टुंग्याएको छ । मनाङ ङिस्याङ गाउँपालिका, चामे गाउँपालिका र नासों गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंग्याएको हो । नार्पाभूमि गाउँपालिकामा भने आन्तरिक तयारी गरिएको एमाले मनाङले जनाएको छ ।
एमालेले मनाङ ङिस्याङ गाउँपालिकामा हालका अध्यक्ष कान्छा घलेलाई दोहोर्याउने भएको छ उपाध्यक्षमा छिरिङ धावा गुरुङलाई उम्मेदवार बनाउने भएको छ ।
चामे गाउँपालिकामा हालका अध्यक्ष लोकेन्द्रबहादुर घलेलाई अध्यक्षको उम्मेदवार बनाउने तय गरेको छ भने उपाध्यक्षमा आशकुमारी गुरुङलाई उम्मेदवार चयन गरेको छ ।
यस्तै नासों गाउँपालिकामा मनबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ भने उपाध्यक्षमा अर्विन गुरुङलाई स्वतन्त्र उम्मेदवार तय गरेको नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बताए । उनका अनुसार नार्पाभूमि गाउँपालिकाको अध्यक्षका उम्मेदवार ज्याप्ले गुरुङ र उपाध्यक्षमा भेग मिलाउनु पर्ने भएकाले छलफल जारी छ ।




