स्थानीय निर्वाचनका लागि १ करोड १९ लाख मतपत्र छापियो

`

     २०७९ वैशाख ०८ गते ५:०७

काठमाडौँ, ८ बैशाख । विहीबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि हालसम्म १ करोड १९ लाख मतपत्र छापिएको बताएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि द्रूत रुपमा मतपत्र छापिने क्रम जारी रहेको जानकारी दिए ।

प्रवक्ता पौडेलले स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्नको लागि ४४ वटा राष्ट्रिय संस्थालाई प्रवेक्षण अनुमति दिइएको उल्लेख गरे । त्यस्तै उनले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सवै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताए ।

पर्यवेक्षकले पर्यवेक्षण गरेको प्रतिवेदन ३० दिनभित्र आयोगमा पेश गर्नुपर्ने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?