काठमाडौँ, ८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगर प्रमुखको उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई अघि सार्ने भएको छ ।
यसअघि काठमाडौं महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत एवं पूर्वसचिव केदारबहादुर अधिकारी, पूर्व एसएसपी दीपक रञ्जित र राप्रपा काठमाडौं महानगर अध्यक्ष केदार धमलाको नाम चर्चामा रहेपनि कलाकार श्रेष्ठको नाम सिफारिस भएको हो ।
उस्तै उपप्रमुख कसलाई बनाउने भन्ने बारेमा राप्रपाले निर्णय गरिसकेको छैन ।




