काठमाडौँ, ७ बैशाख । आज सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेर १ लाख ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा झरेको छ ।




