काठमाडौँ, ६ बैशाख । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोपमा जाहेरी दिने किशोरीको बुबाले पनि बयान फेरेका छन् ।
मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा किशोरीको बुबाले आफैले जाहेरी दिएको तर पछि बुझ्दै जाँदा त्यो कुरा यथार्थ नभएको भनी बयान दिएका हुन् ।
गत आइतबार पीडित किशोरीले जाहेरीमा उल्लेखित विवरणहरु कसैको उक्साहटमा लेखिएको जिकिर गर्दै प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको उनले दाबी गरेकी थिइन् ।
किशोरीको बुबाले भनेका छन्, ‘सबै विवरण मैले लेखेको हो । त्यसमा शंका छैन । अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’




