विवेकशील साझाले उज्वलकृष्ण श्रेष्ठलाई ललितपुरको मेयरमा उठाउने

`

     २०७९ वैशाख ०६ गते १०:३४

काठमाडौँ, ६ बैशाख । विवेकशील साझा पार्टीले ललितपुर महानगरको मेयरमा उज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।

पार्टी प्रवक्ता शरदराज पाठकका अनुसार ललितपुर मेयरका लागि आज दिउँसो २ बजे पाटन दरबारस्थित भीमसेन मन्दिर क्षेत्रमा श्रेष्ठले उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ।

यसअघि विवेकशील साझाले काठमाडौंमा समीक्षा बास्कोटालाई मेयर र कीर्ति तुलाधरलाई उपमेयर उठाउने घोषणा गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?