काँग्रेसलाई भोट दिने मतदाता पनि तालमेलका पक्षमा देखिएका छैनन् : गगन थापा

`

     २०७९ वैशाख ०५ गते ११:२४

काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कार्यकर्ताहरू चुनावी तालमेलको पक्षमा नदेखिएको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ४ मा आज आयोजित पार्टी कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएको हो ।

पछिल्लो समय करिब ५० जिल्लाका पार्टी नेतारकार्यकर्तासँग कुराकानी हुँदा तालमेलको पक्षमा नदेखिएको उनले बताए।

‘पछिल्लो समय ५० जिल्लाका साथीहरूसँग सम्पर्कमा थिएँ। देशैभरका साथीहरू चुनावी तालमेलको पक्षमा हुनुहुन्न,’ उनले भने, ‘कांग्रेसलाई भोट दिने मतदाता पनि तालमेलका पक्षमा देखिएका छैनन्।’

तर चुनावी तालमेलबारे सत्तागठबन्धनमा गहन छलफल भइरहेको उनले बताए। महानगर र उपमहानगर भागबन्डाबारे आज पनि बालुवाटारमा छलफल छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?