गठबन्धन सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई

`

     २०७९ वैशाख ०४ गते १२:३७

काठमाडौँ, ४ बैशाख । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडको विषयमा निर्णय गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई दिने निर्णय गरेको हो ।

कार्यदलले रिपोर्ट दिएपछि मात्रै सिटको टुंगो लाग्नेछ । सोमबारसम्म महानगर-उपमहानगरमा कुन दलले पाउने भन्नेबारे टुंगो लाग्नेछ ।

सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गठबन्धनको बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?