काठमाडौं, ५ फागुन । रत्नराज्य लक्ष्मी क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ ।
झडपमा अनेरास्ववियू नेताहरुको आक्रमणबाट नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्काको साथै
अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने पनि घाइते बताइएको छ ।

पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।




