आज सुनचाँदीको मुल्य स्थिर

`

     २०७९ वैशाख ०४ गते ११:४५

काठमाडौँ, ४ बैशाख । आज आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख २ हजार रूपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार तेजाबी सुन पनि शुक्रबारकै मुल्य प्रतितोला एक लाख एक हजार ५०० रूपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला एक हजार ४१५ रूपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?