काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै, बैठक दिउँसो १ बजे बस्ने

`

     २०७९ वैशाख ०२ गते १०:००

काठमाडौँ, बैशाख २ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।

बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुनेछ ।

बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेद्वारको टुङ्गो लगाउन वैशाख ३ गते  सहमहामन्त्रीहरूलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरेको थियो । उनीहरूले प्रदेशमा उम्मेदवारको टुङ्गो लगाउने प्रयास गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?