काठमाडौं, ५ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर कालापानी उडेका छन्। उनी दार्चुलाको कालापानी क्षेत्रको भ्रमणका लागि उडेका हुन् ।
ब्यास गाउँपालिका वडा नम्बर १ गागामा स्थापना गरिने सशस्त्र प्रहरीको बिओपी निर्माण गरिने ठाउँ र कालापानीको वस्तुस्थिती बुझ्न मन्त्रीसहित जनप्रतिनिधी र सेनाका प्रतिनिधि त्यसतर्फ गएको बताइएको छ। हिजो आइतबार दार्चुला आइपुगेका मन्त्री पोरखेलले दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण गरेका थिए।
उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहेको जनाइएको छ। भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ।

दार्चुलादेखि कालापानीसम्म निर्माण हुने दार्चुला तिङ्कर सडक पछिल्लो समय नेपाली सेनालाई दिने गृहकार्य सुरु भएको छ। रक्षा मन्त्रालयको अधिकारीसहितले भ्रमन गरेपछि सो सडकको नेपाली सेनाले बनाउन सक्छ भन्ने आशा स्थानीयस्तको रहेको छ ।




