काठमाडौं, ५ फागुन । देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको बताइएको छ । केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केही स्थानमा तुवालो पनि लागेको छ। आज दिउँसो देशका पूर्वी र मध्यका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने बताइएको छ ।

पूर्वी र मध्यका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।




