advertisement

कोरोना भाइरसबाट ज्यान जानेको संख्या एक हजार ६ सय नाघेको छ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १७ सय ६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप एक सय जनाको मृत्यु भएसँगै चीनमा १७ सय ६५ र चीन बाहिरका चार देशमा एक-एक जना गरी १७ सय ६९ जनाको ज्यान गएको जनाइएको छ ।

" /> अमेरिकाका ४० जनामा पनि देखियाे कोरोना भाइरसको संक्रमन - Sarbocha Media

अमेरिकाका ४० जनामा पनि देखियाे कोरोना भाइरसको संक्रमन

`

     २०७६ फाल्गुन ०५ गते २:५०

एजेन्सी, ५ फागुन । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमन हाल विश्वभर फैलिरहेको छ । त्यस्तै जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा पनि देखिएको छ ।

जापानमा उद्धार गरिएका ४०० अमेरिकी नागरिकमध्ये ४० जना नागरिकमाका कोरोना भाइरसको संक्रमन देखिएको बताइएको छ । उद्धार गरिएकामध्ये अधिकांश व्यक्तिहरू दुईवटा अमेरिकी हवाईजहाजमार्फत्‌ स्वदेश फर्किरहेका छन्। तर सङ्क्रमित व्यक्तिहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिने जनाइएको छ । चीन बाहिर नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने यो सबैभन्दा ठूलो समूह हो।

पानीजहाजमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ७० बाट ३५५ पुगेको जापानी अधिकारीहरूले बताएका छन् ।यसैबीच नयाँ कोरोनाभाइरसको केन्द्रबिन्दु चीनको हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइको घोषणा गरिएको छ। त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि आपत्कालीन अवस्थामा चाहिँ निस्किन दिइनेछ।

advertisement

कोरोना भाइरसबाट ज्यान जानेको संख्या एक हजार ६ सय नाघेको छ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १७ सय ६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप एक सय जनाको मृत्यु भएसँगै चीनमा १७ सय ६५ र चीन बाहिरका चार देशमा एक-एक जना गरी १७ सय ६९ जनाको ज्यान गएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?