काठमाडौँ, २७ चैत्र । आज सुनचाँदीको मुल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सयले बढेर तोलाको १ लाख ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ९९ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन तोलाको ९९ हजार ८ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १३६५ मा कारोबार भएको महासंघले जनाएको छ ।




