काठमाडौँ, २४ चैत्र । आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ सयले बढेर तोलाको ९९ हजारमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको ९८ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलाको ९८ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १३४५ मा कारोबार भएको महासंघले जनाएको छ ।




