काठमाडौँ,२३ चैत्र । बुधबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ सयले घटेर तोलाको ९८ हजार ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलाको ९८ हजारमा कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १३३५ मा कारोबार भएको महासंघले जनाएको छ ।




