युक्रेनलाई १० करोड डलरको सैन्य सहायता दिने अमेरिकाको घोषण

`

     २०७८ चैत्र २३ गते ९:३७

काठमाडौँ, २३ चैत्र । अमेरिकाले युक्रेनलाई थप १० करोड डलर बराबरको शैन्य सहयोग गर्ने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिन्केनले युक्रेनलाई रूसी आक्रमण सामना गर्न थप १० करोड डलर बराबरको शैन्य सहयोग गर्ने घोषणा गरेका हुन्।

अमेरिकाबाहेक चेक रिपब्लिकले पनि युक्रेनलाई युद्वका लागि आवश्यक हतियार पठाउने भएको छ। यो सँगै चेक रिपब्लिक युक्रेनमा हतियार पठाउने पहिलो युरोपियन मुलुक भएको छ।

सोभियत निर्मित पाँच वटा टी-७२ ट्याङ्क र पाँच वटा बिवीपी-१ युद्व विमान युक्रेन पठाएको वरिष्ठ चेक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?