केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले : ओली

`

     २०७८ चैत्र २२ गते ४:०१

काठमाडौँ, २२ चैत्र । एमाले अध्यक्ष केपी ओलीले आफूलाई मधेशविरोधी भनेर कुरा काटेको बताएको छ ।

वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशीविरोधी रहेको हल्ला चलाएको बताएका हुन् ।

‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले,’ उनले भने, ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?