काठमाडौँ, २२ चैत्र । आज सुनको मूल्यमा वृद्धि भएको छ ।
आज सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदी प्रतितोला १३ सय चालीस रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
सोमबारको तुलनामा आज सुन प्रतितोला एक सय रुपैयाँले बढेको हो। चाँदी भने प्रतितोला १० रुपैयाँले घटेको हो।




