सुनचाँदीको मूल्यमा गिरावट

`

     २०७८ चैत्र २१ गते ११:०४

काठमाडौँ, २१ चैत्र । सोमबार सुन-चाँदीको मूल्य घटेको छ।

आइतबारको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँ ओरालो लाग्दै सुन प्रतितोला ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?