काठमाडौँ, २१ चैत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन् ।
उनले भने, ‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस् ।’ उनले स्थानीय आवश्यकता अनुसार स्थानीयलाई व्यवस्थापन गर्न भने तालमेल हुन सक्ने बताए ।




