मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौँ : बाबुराम भट्टराई

`

     २०७८ चैत्र १७ गते १०:५५

काठमाडौँ, १७ चैत्र । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएको हो ।

नेपालको छरछिमेकीको भूराजनीति बलियो बनेको उनले बताए । भारत-चीन र अमेरिकाका सम्बन्धनले हाम्रो आन्तिरिक सम्बन्धलाई पनि प्रभावित पार्ने अवस्था बनेको बताउँदै उनले राष्ट्रिय मुद्दामा दलहरुबीच सहमति हुनैपर्ने बताए ।

युक्रेनको घटना हाम्रा लागि ठूलो पाठ हो । मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?