काठमाडौँ, १६ चैत्र । मधेस प्रदेशको प्रदेश सभा बैठकमा गणपुरका सांसद अनुउपस्थित भएपछि बैठक स्थगित भएको छ । बुधबार प्रदेश सभा बैठक सुरु भएलगत्तै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सांसद परमेश्वर साहले बैठकमा २५ प्रतिशत सांसद उपस्थित नभएकोले बैठक स्थगित गर्न माग गरेपछि सभामुख सरोज यादवले बैठक स्थगित गरेका हुन्।
सभामुख यादवले प्रदेश सभा बैठक बिहीबार ११ बजेसम्मका लागि स्थगित भएको बताएका थिए ।
प्रदेश सभा बैठक सुरु हुनासाथ विशेष समयमा बोल्दै नेकपा एमालेका प्रदेश सांसद किशोरी साहले लामो समय सम्म प्रदेश सभा बैठकमा सहभागी नहुने सांसदलाई निलम्बन गर्नुपर्ने माग गरेका छन् ।
संसद नियमावलीमा लगातार १० पटक प्रदेश सभा बैठकमा सहभागी नहुने सांसदलाई निलम्बन गर्ने व्यवस्था रहेकोले प्रदेश सभा बैठकमा नआउनेहरूलाई निलम्बन गर्न उनले सभामुखसँग माग गरेका हुन् ।




