काठमाडौं, चैत्र १५ । आगामी वैशाख ३० गते स्थानिय तहको निर्वाचन हुँदैछ। सरकारले निर्वाचनको मुखैमा आफुअनुकुल निर्णयहरु गरिरहेको भनि विभिन्न आलोचना खेपिरहेको छ। नेपाल सरकार प्रहरी प्रधान कार्यालयले मोरङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी जिल्लासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र गण्डकी प्रदेश सशस्त्र गण मुख्यालय,पोखरामा गरि ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव, मोरङमा शान्तिराज कोइराला,पश्चिम नवलपरासीमा काँशीराम कँडेल, अख्तियारमा राजन अधिकारी, रानीपोखरीमा जनार्दन जिसी र गण्डकीको सशस्त्र प्रहरी गण मुख्यालयमा मनोजकुमार यादवलाई पठाएको छ ।




