पुर्जा वितरणको लागि मैले ठिक्क पारेको फाइल यो सरकारले लुकाएको छ: ओली

`

     २०७८ चैत्र १५ गते १:४०

काठमाडौँ, १५ चैत्र । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर भूमिहीनलाई अलपत्र पारेको आरोप लगाएका छन् ।

आफ्नो नेतृत्वको सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न ठिक्क पारेका बेला सरकारनै परिवर्तन भएको दावी गरे । आफूपछिको परमादेशका आधारमा बनेको गठबन्धन सरकारले आयोगनै खारेज गरेर भूमिहीनलाई बेघरबार बनाएको ओलीको भनाइ छ । उनले गठबन्धन सरकारले अनेक बहाना खोज्न अघिल्लो सरकारमाथि भूमिहीनको फाइल लुकाएको आरोप लगाएको पनि दावी गरे ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शंकरनगर वन वाटिकामा निर्माण भएको बहुउद्देश्यीय भ्यु टावरको मंगलबार उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् । ‘आयोग खारेज गरेर पुर्जा वितरणको लागि मैले ठिक्क पारेको फाइल यो सरकारले लुकाएको छ,’ उनले भने । एमाले अध्यक्ष ओलीले लुकाइएको फाइल खोज्न प्रधानमन्त्री देउवा दिल्ली जान लागेको टिप्पणी पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?