परराष्ट्र मन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

`

     २०७८ चैत्र १५ गते १:११

काठमाडौँ, १५ काठमाडौँ । श्रीलंकाको कोलम्बोमा परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।

आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को मन्त्रिस्तरीय बैठकमा सहभागी हुन कोलम्बो पुगेको खड्का र जयशंकरबीच साइडलाइन भेटवार्ता भएको हो ।

दुवै मन्त्रीहरुबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?