काठमाडौँ, १५ चैत्र । विवेकशील साझा पार्टी कार्यालयमा दुई पक्षबीच तनाव सिर्जना भएको छ।
आज असन्तुष्ट पक्ष र संस्थापक पक्षबीच तनाव सिर्जना भएको हो। निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट पक्षले ललितपुरको बखुन्डोलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेको थियो। तर अध्यक्ष रवीन्द्र मिश्र पक्षले अवरोध गरेपछि तनाव उत्पन्न भएको हो। अहिले त्यहाँ प्रहरी पनि खटिएका छन्।




