काठमाडौँ, १३ चैत्र । कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले आइतबार धारणा राखेका छन् । आइतबारको बैठकमा ५४ जना केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखेका छन् ।
चुनावी अभियानमा जिल्लामा खटिएका प्रतिनिधिले पनि बैठकमा रिपोर्ट प्रस्तुत गरेका छन् । सोही रिपोर्टको आधारमा नेपाली कांग्रेसले आगामी स्थानीय तहको चुनावबारे निर्णय लिने तयारी गरेको छ । रिपोर्ट प्रस्तुत गर्ने अधिकांस सदस्यले चुनावमा गठबन्धनसहित जान नेतृत्वलाई सुझाव दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठक भोलि सोमबार बिहान साढे ११ बजे बस्ने गरी सकिएको छ । बैठक शुक्रबारदेखि सुरु भएको हो ।




