केपीको बारेमा चर्चा गर्दा ठ्याक्क रावणकै प्रवृत्तिहरू देखिए: माधव नेपाल

`

     २०७८ चैत्र १३ गते १:१८

काठमाडौँ, चैत्र १३ । आइतबार काठमाडौंमा भएको समाजवादी प्रेस संगठनको प्रथम विस्तारित बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीलाई रावणसँग तुलना गरेका छन् ।

अध्यक्ष नेपालले भने, ‘केपीको बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा के के प्रवृत्तिहरू देखिएस कंशमा के के प्रवृत्तिहरू देखिएस शिशुपालले सयवटा के के अपराध गर्‍यो रु र हिटलरले के के कुकृत्य गरेको थियो रु ठ्याक्क त्यसको तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनूस् । डेमोक्रेसीको आवरणमा हिटलर तानाशाही भयो । डेमोक्रेसीले नै जन्माएको हो हिटलर ।’

डेमोक्रेसीले सबैलाई राम्रो मात्र नजन्माउने भन्दै उनले कोही कोही तानाशाह पनि जन्माउने बताए । ‘डेमोक्रेसी र समाजवादको आवरणमा, साम्यवादको आवरणमा, कम्युनिस्टहरूको आवरणमा पनि तानाशाहहरु जन्मिँदा रहेछन् । कम्युनिस्ट भएकैले सबै तानाशाह हुन्छन् भन्ने कुरा होइन । यो पात्र विशेषमा उत्पन्न भएको विकृत प्रवृत्ति हो‚’ उनले भने ।

अध्यक्ष नेपालले पछिल्लो समय देशभर नै आफ्नो पार्टीमा कार्यकर्ताहरूको आकर्षण बढिरहेको दाबीसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?