सुनचाँदीको मुल्य स्थिर

`

     २०७८ चैत्र १३ गते ११:२१

काठमाडौँ, १३ चैत्र । साताको पहिलो दिन आइतबार सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको १ लाख नौ सय रुपैयाँ कायम भएको छ ।

आइतबार तेजावी सुनको मुल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, शुक्रबार १४ सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही भाउमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?