राष्ट्रपति र चिनियाँ विदेश मन्त्रीबिच भेटवार्ता

`

     २०७८ चैत्र १३ गते ११:०४

काठमाडौँ, १३ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री यीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्। उनीहरूबीच शितलनिवासमा भेटवार्ता भएको हो।

साथै आजै विदेशमन्त्री यीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन्।

विदेशमन्त्री यी आज स्वदेश फर्कदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?