काठमाडौँ, ११ चैत्र । नेकपा एमालेले सत्ताको दुरुपयोग गर्दै मनोमानी ढंगले सरकारी सम्पत्ति हिनामिना हुन थालेका भन्दै दैलेखको गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
वडा अध्यक्षको राय विपरीत र कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्षलगायतका कर्मचारीले अवज्ञा गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको एमाले गुराँस गाउँपालिकाका अध्यक्ष हेमबहादुर वलीले बताए ।
‘सार्वजनिक सम्पत्ति हिनामिना हुन थालेपछि हामीले तालाबन्दी गर्नु परेको हो,’ उनले भने,‘पटक पटक सार्वजनिक सम्पत्तिको हिनामिना हुँदै आएको छ ।’
सार्वजनिक सम्पत्तिको दोहन नरोकिएसम्म अनिश्चितकालसम्म तालाबन्दी गर्ने एमाले गुराँस गाउँपालिकाले जनाएको छ ।




