कलम चिन्हको जितको सुरुवात गरेर अगाडि बढेका छौँ : अध्यक्ष नेपाल

`

     २०७८ चैत्र ११ गते ५:०३

काठमाडौँ, ११ चैत्र । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कलम चिन्ह लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको सुरुवात भइसकेको उल्लेख गर्दै सूर्य चिन्ह नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गरेका हुन् ।

कसै–कसैले पार्टी भित्रैबाट सूर्य चिन्ह नहुँदा अप्ठ्यारो पर्छ कि भनेर भन्ने गरेको उल्लेख गर्दै उनले अप्ठ्यारो होइन् कलम चिन्ह लिएर जितको सुरुवात भइसकेको बताए । पार्टी निकट मजदुरहरुको संगठन एकीकृत ट्रेड युनियन महासंघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले कलम चिन्ह लिएर दोस्रो चरणको राष्ट्रियसभा निर्वाचनमा पनि जित हासिल गरेको स्मरण गराए ।

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पनि जित हासिल गर्नका लागि आफूहरुले बाम लोकतान्त्रिक शक्तिहरुसँग मिलेर जाने विषयमा छलफल चलाइरहेको दोहो¥याए । उनले भने, ‘हामीले विजयको सुरुवात पनि ग¥यौं । राष्ट्रियसभाको चुनावमा पहिलो पटक हामीले हाम्रो उम्मेदवारलाई जितायौं । र, जितायौ पनि कसरीभने ठ्याक्क त्यो उम्मेदवारले स्वतन्त्र उम्मेदवारको हैसियतले कलम चिन्ह लिनु भएको थियो । र, कलम चिन्हको जितको सुरुवात गरेर अगाडि बढेका छौं ।’

यसका साथै अध्यक्ष नेपालले केपी ओली नेतृत्वको एमालेलाई गफाडीको संज्ञा दिएका छन् । त्यसले सरकारमा हुँदा पनि गफबाहेक अरु केही पनि काम नगरेको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?