१७ हजार चार सय १८ सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान

`

     २०७८ चैत्र ११ गते ४:४१

काठमाडौँ, ११ चैत्र । महानिर्देशक नमराज घिमिरेको अनुसार १७ हजार चार सय १८ वटा सावरीमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ। उनका अनुसार हाल एक लाख ७५ हजार ३४६ प्लेट उत्पादन भइसकेको छ।

‘सार्वजनिक खरिद नियमावलीको प्रावधानअनुसार २ वर्ष ४ महिना म्याद थप गरी इम्बोस्ड नम्बर जडानको काम सुरु गरिएको हो। यो वर्ष भित्र हामी धेरै सवारीमा यस्तो प्लेट जडान गछौं,’ उनले भने।

यस्तो प्लेट नाम टुंगो लागेका ६ वटा प्रदेशमा गत मंसिर १ गतेदेखि नयाँ दर्ता हुने सवारीमा जडान सुरू भएको विभागले जानकारी दिएको छ।

आगामी जेठ १ गतेदेखि नवीकरण गर्ने सवारीमा प्लेट जडान गर्न राजपत्रमा समेत सूचना प्रकाशित भइसकेको छ। यस्तो प्लेट रिड गर्न परीक्षणका लागि विभागमा आरएफआइडी जेट जडान गरिएको विभागले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?