काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित

`

     २०७८ चैत्र ११ गते १०:१७

काठमाडौँ, ११ चैत्र । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार दिउँसो बस्दैछ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ । बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन् ।

कांग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदैछ । हालसम्मको प्रारम्भिक समीक्षा पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?