आईजीपीले ५ जना डीआईजीहरू र एकजना एसपीलाई बढुवाको फुली लगाइदिए

`

     २०७८ चैत्र १० गते ७:२४

काठमाडौं,चैत १० । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति भएका ५ जना अधिकृतहरूलाई सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । ५ जना पदोन्नति भएका डीआईजीहरूलाई बिहीबार सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित कार्यक्रममा खनालले दर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै आईजीपी खनालले सशस्त्र प्रहरी उपरीक्षक पदमा अवकास पूर्व विषेश बढुवा भएका १ जना अधिकृतलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । फागुन २७ गतेको गृहसचिवस्तरको निर्णयले सशस्त्र प्रहरी उपरीक्षक निरन्करनाथ शुक्ल अवकास पूर्व सो पदमा बिषेश बढुवा भएका हुन् ।

चैत ६ गतेको गृहमन्त्रिस्तरको निर्णयले प्राबिधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ई.सन्दीप थापा प्राबिधिक समूह, ईन्जिनियरिङतर्फ तथा प्राबिधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा.रुपक महर्जन प्राबिधिक समूह स्वास्थ्यतर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरू बिदुर खड्का, लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल साधारण समूह साधारण उप–समूहतर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?