सुनचाँदीको मूल्यमा वृद्धि

`

     २०७८ चैत्र १० गते ११:०१

काठमाडौँ, १० चैत्र । आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ ।

हिजो बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ थियो ।

साथै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?