त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आउँदा उडान अवतरण पनि प्रभावित

`

     २०७८ चैत्र १० गते ८:०८

काठमाडौँ, चैत १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आए पछि केही समय उडान अवतरण पनि प्रभावित भएको छ ।

बिहिवार बिहान ६ बजेदेखि नै उपकरणमा समस्या आएपछि विमानस्थल कार्यालयले नोटाम जारी गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले वैकल्पिक व्यवस्था गरी उपकरण अहिले चालु राखेको र केहीबेरमा नोटाम खारेज हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?