काठमाडौँ, ९ चैत्र । सौराहामा सम्पन्न भएको आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गजुरधन राई निर्विरोध निर्वाचित भएका छन् ।
गत चैत ६ देखि ८ गतेसम्म भएको महाधिवेशनमा अध्यक्ष, महासचिवलगायत अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने खुला उपाध्यक्ष, अल्पसंख्यक उपाध्यक्ष, सचिवलगायतका केही पदमा निर्वाचन भएको छ ।
नवनिर्वाचित राई नेतृत्वको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षहरुमा अमरध्वज लामा (खुला)‚ सरु राना (महिला), जगत दोङ (संस्थागत), कमन देवान (अल्पसंख्यक) निर्वाचित भएका छन् ।
महासचिवमा मिलन लिम्बू निर्वाचित भएका छन् । सचिवहरु बुद्धवीर बाहिङ राई‚ समीर बलामी‚ विश्वराज तामाङ खुलातर्फ निर्वाचित भए भने सचिव अञ्जना शिल्पकार (महिला)‚ छेटु शेर्पा (संस्थागत) र यमन दनुवार (अल्पसंख्यक) निर्वाचित भएका छन्।
कोषाध्यक्षमा चित्रबहादुर गुरुङ र सहकोषाध्यक्षमा सञ्चु तामाङ निर्वाचित भएका छन् । प्रदेश इन्चार्जमा भक्तशेर लिम्बू (प्रदेश नम्बर १), निरज पिठाकोटे (मधेस प्रदेश), पेमा लामा (बागमती प्रदेश) यमबहादुर गाहा (लुम्बिनी प्रदेश), बुद्धिमान पुन मगर (कर्णाली), भिमबहादुर चौधरी (सुदुर पश्चिम प्रदेश) चयन भएका छन्।
संस्थागततर्फ सदस्यहरुमा क्रमशः देवेन्द्र खापुङ (लिम्बू), निम्लेकी शेर्पा (शेर्पा), सुनिल महर्जन (नेवार) सन्तकुमार चौधरी (थारू), चित्रबहादुर गुरुङ (गुरुङ), नेत्र तामाङ (तामाङ) र प्रकाश राई चयन भएका छन् ।
खुला सदस्यतर्फ बुद्ध योञ्जन लामा, लोकेश लिबाङ, कमलसिंह थारु, गजेन्द्र राई र हर्कबहादुर घर्ती मगर निर्वाचित भएका छन्भने महिलातर्फ सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सुजता निङ्लेकु लिम्बू, मञ्जुकुमारी श्रेष्ठ, विना राई निर्वाचित भएका छन् ।
यसैगरी अल्पसंख्यक पुरुषतर्फ सदस्यहरु विदुर खवास र उद्धव चेपाङ र महिलातर्फ रोशनी कँवर सर्वसम्मत भएका छन् । लेखा संयोजकमा चन्द्र पन्दाक लिम्बू र सदस्यहरुमा उर्मिला गम्बा र भकेन्द्र लावती निर्वाचित भएका छन् ।




