रुसलाई जी–२० बाट निकाल्ने अन्य देशलाई अधिकार नभएको चीनको दाबी

`

     २०७८ चैत्र ०९ गते ५:३७

एजेन्सि, ९ चैत्र । संसारको शक्तिशाली देशको गुट जी–२० बाट रुसलाई बाहिर निकाल्न पश्चिमी देशको विचारमाथि चीनले जवाफ दिएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेन्बिनले बुधबार एक पत्रकार सम्मेलनका बेला जी–२० मा कुनै देशले कुनै अर्को देशलाई निकाल्न अधिकार नभएको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका र अन्य पश्चिमी देश रुसलाई जी–२० बाट निकाल्नेबारे विचार गरिरको छ ।

यो रिपोर्टमा भनिएको छ – पोल्याण्डले मंगलबार अमेरिकी अधिकारीलाई रुसको सट्टा यस गुटमा राख्ने सुुझाव दिएको थियो र उनीहरुमा यसमा सकारात्मक जवाफ थिए ।

जी–२० विश्वका ठूला अर्थतन्त्रहरुको समूह हो जसले विश्वलाई असर गर्ने विषयहरु जस्तै विश्वव्यापी अर्थतन्त्र, जलवायु परिवर्तन र विकासमा मिलेर काम गर्ने लक्ष्य राख्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?