यो निर्वाचन जनादेश र परमादेशबिचको जनमत सङ्ग्रहको रूपमा हुँदै छ: ओली

`

     २०७८ चैत्र ०९ गते २:४८

काठमाडौँ, ९ चैत्र । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव जनादेश र परमादेशबीचको जनमत संग्रहको रुपमा हुन गइरहेकाले जसरी पनि जित्नै पर्ने भन्दै पार्टीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

एमालेको स्थानीय चुनाव सम्बन्धी रणनीति बनाउने प्रयोजनका लागि बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले यो चुनाव सहज अवस्थानमा नभइरहेको उल्लेख गरेका छन् ।

‘यो निर्वाचन सामान्य, नियमति र सहज अवस्थामा हुँदैछैन । यो त जनादेश र परमादेशबीचको जनमत संग्रहको रूपमा हुँदैछ’ ओलीको प्रतिवेदनमा उल्लेख छ,‘राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरूका बीचमा हुँदैछ । रजानीतिक स्थायित्व पक्षधर र अस्थिरताका संवाहकरूबीच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?