" /> सर्भरमा समस्या आएपछि देशभरका यातायात कार्यालय अनिश्चित कालका लागि बन्द - Sarbocha Media

सर्भरमा समस्या आएपछि देशभरका यातायात कार्यालय अनिश्चित कालका लागि बन्द

`

     २०७८ चैत्र ०९ गते २:२१

काठमाडौँ, ९ चैत । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्ने भएको छ ।

सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले चैत्र ९ अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,’ विभागका प्रवक्ता लोकनाथ भुसालले सूचना जारी गरेर भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?