स्थानीय तहको निर्वाचनमा तालमेल गर्नको लागि एमाले र जसपाबीच छलफल

`

     २०७८ चैत्र ०९ गते ७:५०

काठमाडौँ, ९ चैत्र । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्नको लागि प्रमुख प्रतिपक्षी दल एमालेले जनाता समाजवादी पार्टीसँग छलफल थालेको छ ।

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मंगलरबार जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका हुन् । गुरुङ र भट्टराईबीच आगामी स्थानी तह निर्वाचनमा एमाले र जसपाबीच तालमेल गर्नेबारे छलफल भएको छ ।

पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन गरेकै भए पनि अब नयाँ ढंगले अगाडि बढ्न सकिने कुरा भट्टराईले गुरुङ समक्ष राखेका थिए ।

यसमा एमाले उपमहासचिव गुरुङले पनि सकारात्मक जवाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?