काठमाडौँ, ८ चैत्र । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३२३ पुगेको छ । हाल नेपालमा २ हजार ६८८ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ४ सय ८१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६३ हजार ५९२ पुगेको छ ।
साथै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।




