एमालेको पोलिटव्युरो बैठक सुरु, बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने

`

     २०७८ चैत्र ०७ गते १२:४३

काठमाडौँ, ७ चैत । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न कार्की व्यांक्वेट बबरमहलमा नेकपा एमालेको पोलिटव्युरो कमिटीको बैठक सुरु भएको छ ।

बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यसैगरी चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?