काठमाडौँ, ७ चैत्र । साताको दास्रो दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार २०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमै कारोबार भइरहेको छ ।




