राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूतमा शंकरप्रसाद शर्मा नियुक्त

`

     २०७८ चैत्र ०६ गते ६:४३

काठमाडौँ, चैत्र ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले शंकरप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शर्मालाई उक्त पदमा आइतबार नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को गत मंसिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?